काठमाडौं । चितवनकी सविता भण्डारीले र लोपोन्मुख राउटे समुदायका दुई युवतीले न्याय पाउनुपर्ने भन्दै महिला अधिकारकर्मीले बुधबार बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
सुर्खेतमा राउटे समुदायका युवतीहरूमाथि भएकाे याैनजन्य हिंसा र गत वैशाख ४ गते झुन्डिएको अवस्था फेला परेकी चितवन शारदा नगरपालिका–१९ बख्यान चोककी २८ वर्षीय सवितालाई न्याय दिनुपर्ने भन्दै महिला अधकारकर्मीले प्रदर्शन गरेका हुन् ।
महिला माथी हुने सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाऔँ भन्दै महिला अधिकारकर्मीले पीडितलाई न्याय र पिडकलाई कडा सजायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरी र सावित्री सुवेदीको समूहबीच केहीबेर तनाव भएको थियो । प्रदर्शनमा सहभागी सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिनअघि सुर्खेतमा राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्दै केही युवाले बनाएको अश्लील भिडिओ बाहिरिएकाे थियाे । यता चितवनकी सविताकाे आत्महत्या नभएर हत्या भएको भन्दै उनका आफन्तले न्यायका लागी गुहार मागेका थिए ।