काठमाडौँ। काठमाडौंको नयाँ वानेश्वरमा निर्माण गरिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ । भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ ।
करिब ३ करोड १० लाख रुपैयाँ लागत रहेको उक्त आकाशे पुल काठमौं सडक डिभिजन कार्यालयले निषेधाज्ञामा मानिसहरुको आवतजावत नहुने बेला पारेर निर्माण गरेको हो ।
बुधबार आकाशे पुललाई खम्बामा चढाउन दुईवटा क्रेन प्रयोग गरिएको थियो । आकाशे पुललाई खम्बामा चढाए पनि निर्माणका केही काम भने अझै बाँकी छ ।