भरतपुर। कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत मंगलबार चितवनमा ३ हजार ९ सय ४६ जनाले पहिलो मात्राको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ६२ देखि ६४ वर्षसम्मको उमेर समूहमा परेका लक्षित वर्गलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको हो ।
मंगलबार भरतपुर महानगरपालिकामा २ हजार ६ सय ४९ जनाले पहिलो मात्राको खोप लिएका छन् । त्यस्तै, खैरहनी नगरपालिकामा २ सय १६, माडी नगरपालिकामा १ सय ३३, राप्ती नगरपालिकामा १ सय ६९, कालिका नगरपालिकामा १ सय ८१, इच्छाकामना गाउँपालिकामा ७५ तथा रत्ननगर नगरपालिकामा ५ सय २३ जनाले खोप लिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।