चितवन। सुनको तस्करी अन्त्य गर्नका लागी सुनको कोटा प्रणाली बन्द गरिनुपर्ने पूर्वमन्त्री तथा सभासद् मिनबहादुर विश्वकर्माले बताएका छन्।
बुधबार विश्वकर्माले सुनचाँदी व्यवसायी सञ्जाल, केन्द्रीय समिति चितवनको आयोजनामा सञ्चालन भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री विश्वकर्माले सो कुरा बताएका हुन्। उनले सुनचाँदी विक्री वितरण खुल्ला नगरेसम्म व्यवसायीहरूका समस्याहरू समाधान नहुने बताएका छन् ।
त्यस्तै सुनचाँदी क्षेत्रकै प्रमुख नेतृत्वहरूका कारण सुनचाँदीको कोटा प्रणाली अन्त्य नभएको उनले बताएका छन् । कोटा प्रणाली अन्त्यको सवालमा सुनचाँदी व्यवसायी महासंघहरूका केन्द्रीय अध्यक्षहरू पनि सकारात्मक नभएका कारण निम्नवर्गीय व्यवसायीहरूले समस्या भोग्नुपरेको उनको धारणा रहेको छ। कायाकैरनबाट