चितवन । नेपाली काँग्रेस चितवनको अधिवेशन फागुन १३ गते हुनेको भएको छ । चितवनसहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चितवनसहित १६ जिल्लामा फागुन १३ अधिवेशन गर्ने तय भएको बताए ।
उनकाअनुसार फागुन १० गतेभित्र बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।
चितवन, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ । यी १६ जिल्लाले १३ गते अधिवेशन सम्पन्न गर्नेछन् ।

