चितवन । देशभर कोरोना संक्रमणको दर कम हुदै जांँदा पछिल्लो समय चितवनमा पनि संक्रमण र मृत्युदर कम हुदै गएको छ । गृहमन्त्रालयले देशभर संक्रमणको रिपोर्ट संकलन गर्दै यसको विश्लेषणपछि निशेधाज्ञा खुकुलो गर्ने र मोडालिटीमा परिवर्तन गर्ने बताएको छ ।
गृहमन्त्रालयले जिल्लाको संक्रमणको अवस्था र मृत्युदर अनुसार निशेधाज्ञालाई कडा र खुकुलो गर्न सक्ने अधिकार पनि प्रत्याभूत गरेको छ । यसैबीच दोस्रोलहरको कोरोनाका कारण तेस्रो चरणको निशेधाज्ञा चितवनमा जेठ २७ गतेदेखि सकिदैछ ।कार्यालयले यसबारेमा नयाां आदेश सरोकारवालाको बैठकपछि निर्णय गर्ने बताएको छ ।
यद्यपि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने संकेत दिएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले सबै क्षेत्रबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिनुभयो । आज यसबारे निर्णय गर्न डिसिसिएमसीको बैठक बस्दैछ ।
‘सबै क्षेत्रबाट सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,प्रजिअ लामिछानले भन्नुभयो, केही सहजीकरण भने पक्कै हुनेछ ।’ उहाँले जिल्लामा केही गतिविधि गर्न दिइनेगरी निर्णय गरिने जानकारी दिनुभयो । ‘अन्य जिल्लाको तुलनामा चितवनमा कोरोना संक्रमण दर घट्दो छ । तर जोखिम भने कायमै छ ।’ उहांँले भन्नुभयो ।कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।