चितवन । माडी नगरपालिका वडा नं. १ मा स्थानीयबासीहरुले लगाएको तालाबन्दी खुलेको छ ।
वडामा सडक ग्राभेल सम्बन्धी काम आउँदो असोज १ गतेबाट सुरु गर्ने तथा सिकारीपुर गाउँसम्म जाने बाटो मर्मत गरी एम्बुलेन्स चल्न मिल्ने बनाउने सहमती भएसंगै ताला खुलेको हो । ताला खोल्ने पहलस्वरुप माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरुसंग छलफल गर्नुभएको थियो ।
यसअघि, अघिल्लो आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने सडक ग्राभेलको कार्य चालू आर्थिक बर्षको अन्तिम हुन लाग्दासमेत सुरु हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुले गत ज्येष्ठ १९ गते बुधबार माडी १ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।स्वदेश एफ एमबाट