भरतपुर। चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १३ महिनाकी बालिकाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रामपुर–५, पाल्पाकी १३ महिनाकी बालिकाको आज (मंगलबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ । गयराति अस्पताल ल्याएकी ती बालिकाको विहान ३ः०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
बालिकामा जेठ २३ गते पाल्पामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पश्चात थप उपचारका लागि उनलाई चितवन ल्याइएको थियो । कोरोनाबाट चितवनमा यसअघि १० वर्ष मुनिका एक जनाको मात्रै मृत्यु भएको थियो ।