चितवन । चितवन प्रहरीले जवरजस्ती करणी गर्ने र कर्तव्य ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्धामा ६ बर्ष कैद तोकिएका भरतपुर महानगरपालिका वडा नम्बर १० का मीन बहादुर तामाङ्ग रहेका छन भने कर्तव्य ज्यान मुद्धामा पांँच बर्ष कैद सजाय तोकिएका भरतपुर महानगरपालिका वडा नम्बर ७ का उदेश विक रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तामाङ्गलाई पुनरावेदन अदालत, हेटौडाले र कर्तव्य ज्यान मुद्धाका विकलाई सर्वोच्च अदालतले दोषी ठहर गरी सजाय तोकेको थियो ।
उनीहरुलाई पक्राउ गरी अदालत उपस्थित गरिएको प्रहरीले जनाएको छ ।