चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १४ थान मोबाइल आज सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइल चोरी भएको उजुरीको आधारमा चितवन प्रहरीले मोबाइल खोजतलास गरेको थियो ।
मोबाइल खोजीको क्रममा चितवन प्रहरीले विभिन्न ठाउँबाट १४ थान मोबाइल फेला पारेको थियो ।
फेला परेका १४ थान मोबाइल प्रहरीले आज सम्बन्धित धनीलाई बोलाएर बुझाएको छ । कार्यालयका प्रहरी निरीक्षक कमला नरालले सम्बन्धित धनीलाई मोबाइल बुझाएकी हुन् ।

