चितवन । चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको बागमती प्रदेशको दक्षिण पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो । भरतपुर अहिलेको २०७८ को जनगणनाको प्रारम्भिक रिपोर्टले भरतपुर काठमाडौँ, पोखरापछि तेस्रो धेरै जनसंख्या भएको सहर बनेको छ । चितवन जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत शृङ्खला छ।
भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूलाठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणगढ नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।
चितवनमा बसाइँसराइ गरेर आउनको संख्या जानेको भन्दा तेब्बरले बढी छ । चितवन बढीमात्रामा गोर्खा, तनहुँ, लमजुङ, पर्वत, स्याग्जा, नवलपरासी, धादिङलगायत जिल्लाबाट बसाइँसराइ गरी आउनेको संख्या बढी छ ।
चितवनमा बसाइँसराइ गरेर आउनको संख्या जानेको भन्दा तेब्बरले बढी छ । चितवन बढीमात्रामा गोर्खा, तनहुँ, लमजुङ, पर्वत, स्याग्जा, नवलपरासी, धादिङलगायत जिल्लाबाट बसाइँसराइ गरी आउनेको संख्या बढी छ । त्यसो त चितवनलाई ७८ औँ जिल्ला पनि भनिन्छ, यहाँ देशभरबाट बसाइँसराइ गरेर आउने परिवारहरु छन् । मेचीदेखि महाकालीसम्मका मानिसहरु अट्ने ठाउँको रुपमा चितवन विकास भइरहेको छ ।
जनगणना–२०७८ को प्रारम्भिक विवरणअनुसार चितवनको जनसंख्या सात लाख २२ हजार १६८ रहेको छ । २०६८ मा चितवनको जनसंख्या पाँच लाख ७९ हजार ९८४ थियो । १० वर्षको बीचमा जिल्लाको जनसंख्या एक लाख ४२ हजार १८४ ले बढेको छ । चितवनको जनसंख्या १० वर्षमा २४.५१ प्रतिशतले बढेको तथ्यांक कार्यालय चितवनले जनाएको छ । सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका प्रमुख पाँच जिल्लामध्ये चितवन तेस्रो स्थानमा छ ।
चितवनमा बसाइँसराई गरेर आउनेको संख्या तेब्बरले बढी छ भन्ने पुष्टि अहिलेको मतदाता संख्याले पनि पुष्टि गरेको छ ।
चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार चितवनबाट बसाइँसराइ गरेर जानेको तुलनामा बसाइँसराइ गरेर आउनेको मतदाता संख्या तेब्बरले बढी भएको देखिन्छ ।
निर्वाचन कार्यालय प्रमुख कार्की अनुसार विभिन्न जिल्लाबाट चितवनमा बसाईसराइ गरी आई मतदाता बन्नेको संख्या ११ सय छ । चितवनबाट अन्यत्र बसाइँ सरेर जाने मतदाताको संख्या ३५० जना रहेका छन् । चितवनमा धेरै बसाइँसराई भरतपुर महानगरभित्र भएको छ । त्यसपछि रत्ननगरको टाँडी बजार, खैरहनीको पर्सा बजार र राप्तीको भण्डारा बजारमा पनि बसाइँसराइ बढी भएको पाइन्छ ।

चितवन जिल्लामा मतदाताको संख्या चार लाख पाँच हजार ७६२ पुगेको छ । त्यसलाई अद्यावधिक गर्दा १८ वर्ष नाघेका योग्य मतदाता करिब चार लाख हुने देखिएको छ । भरतपुर महानगरपालिका देशभरका ६ महानगरभित्र तेस्रो ठूलो सर्वाधिक जनसंख्या भएको महानगरभित्र परेको छ । जनगणना २०७८ अनुसार भरतपुर महानगरको जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ ।
अहिलेको जनगणना र मतदाताको संख्यालाई हिसाब गर्दा पछिल्लो १० वर्षमा चितवनमा ४० हजार परिवार चितवन बसाइँसराइ गरेर आएको देखिन्छ, तर तथ्यांक कार्यालयले दिएको विवरणअनुसार २०६८ को जनगणनालाई आधार मान्दा चितवन जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका छन् ।
जनगणना २०७८ अनुसार भरतपुर महानगरपालिकामा १ लाख ७९ हजार ७४४ पुरुष को जनसंख्या छ भने १ लाख ८९ हजार ६३३ महिलाको जनसंख्या रहेको छ । यसको आधारमा पनि भरपतुर महानगरभित्र बसाइँसराइ बढी छ भन्ने कुरा पुष्टि हुन्छ ।
अहिलेको जनगणना र मतदाताको संख्यालाई हिसाब गर्दा पछिल्लो १० वर्षमा चितवनमा ४० हजार परिवार चितवन बसाइँसराइ गरेर आएको देखिन्छ, तर तथ्यांक कार्यालयले दिएको विवरणअनुसार २०६८ को जनगणनालाई आधार मान्दा चितवन जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका छन् । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षको अवधिमा चितवनमा जनसंख्या तीवरुपमा वृद्धि भएको तथ्यांक कार्यालयको भनाइ छ ।
करिब १० देखि १५ हजार परिवार चितवनबाट बसाइँसराई गरेर गएको पनि देखिन्छ । चितवनबाट अधिकांश परिवार राजधानी काठमाडौँ बसाइँ सरेको देखिन्छ । केही परिवार पोखरा, बुटवल पनि चितवनबाट बसाइँ सरेको पाइएको छ । चितवनकै पहाडी वडाबाट तल समथल भूभागमा बसाइँसराइ गर्नेको संख्या पनि अधिक नै छ । चितवनको पहाडी क्षेत्रमा भने जनसंख्या बढेको देखिदैन ।

