चितवन ।पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरी, ६ जना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका संक्रमित एक जना छन् । मृत्यु हुने ६ जनाहरुमा चितवनका एक सहित नवलपरासीका २ जना, रौतहट १, तनहुँ १ र बारा १ जना रहेका छन्।
यस्तै चितवनका विभिन्न अस्पतालहरुमा ३२७ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ११०, चितवन मेडिकल कलेजमा ९६, पुरानो मेडिकल कलेजमा ३३, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १९ जना र अन्य साना अस्पतालमा २८ जना छन् ।
उपचाररत ३२७ जनामध्ये भेन्टिलेटरमा ३५ जना, आइसियूमा १४६ जना, एचडियूमा ४७ जना र जनरल वेडमा १३५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।