चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले ६ महिनामा ४ हजार भन्दा बढी मोटरसाइकललाई कारवाही गरेको छ । आर्थिक बर्ष ०७८,०७९ को पछिल्लो ६ महिनाको अवधिमा ४ हजार ७१५ वटा मोटरसाइकल कारवाहीमा परेका हुन् ।
ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ०७८,०७९ मा साउन देखि पुस मसान्तसम्ममा कारवाहीमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)नै परेको बताएको छ।
मोटरसाइकल कारवाहीबाट मात्र साउन देखि पुस मसान्तसम्ममा ३९ लाख ४२ हजार पांँचसय रुपैयाँ राजश्व संकलन भएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार बिभिन्न प्रकृति र गल्ती अनुसार राजश्व संकलन हुन्छ ।

