चितवन। चितवनमा नक्कली पत्रकार परिचय पत्र देखाएर निषेधाज्ञा अवज्ञा गर्ने एक जना पक्राउ परेका छन् । चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा अनलाइन सञ्चार माध्यमको नक्कली परिचय पात्र बनाएर हिडेका बाराको कोल्बी -२ खैरा घर भई हाल चितवनको भरतपुर – ३ प्रेसमार्गमा बस्र्दै आएका रामशरण भेटवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रेस मार्ग नै फोटो स्टुडियो सञ्चालन गर्दै आएका भेटवालले पलखबर डट कमको नक्कली परिचयपत्र बनाएर आफूलाई प्रधान सम्पादक भनेर लेखेको परिचयपत्र समेत प्रहरीले वरामद गरको छ । प्रहरी अनुसन्धानबाट भेटवाल पलखबर डट कमका प्रधान सम्पादक नभएको पृष्टीभएपछि पक्राउ गरि थप अनुसन्धान चितवन प्रहरीले अगाडी बढाएको छ ।