चितवन। उद्योग वाणिज्य संघ,चितवनले आज राहत वितरण गरेको छ । तनहुँको बिकट मानिने देवघाट गाउँपालिका १ बसेनीटारमा संघले आज एक कार्यक्रमबिच राहत वितरण गरेको हो ।
राहत वितरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ को नया भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राहत वितरण गरिएको बताए । उनले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउंदै तनहुँको देवघाट गाउँपालिका १ को विकटमा रहेको वसेनीटारमा राहतवितरण गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दैै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताए । राजमार्गदेखि करिब १२ किलोमिटरको उचाईमा रहेको उक्त विकट बस्तिका ५५ विपन्न परिवारलाई चामल,दाल, तेल, चिउरा, आलु, नुन लगायतका दैनिक उपभोग्य बस्तु वितरण गरेको संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
संघले गतबर्ष देखि नै कोरोना राहत कोषको स्थापना गरि चितवन र आसपासमा रहेका वस्तीमा राहत वितरण लगायत अन्य सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
तनहुँका संसद् माननीय कृष्णकुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्यद्धय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा वडा देवघाट १ का जनप्रतिनिधिको सहभागिता रहेको उद्योग वाणिज्य संघ,चितवनको सचिवालयले जनाएको छ ।