चितवन । चितवनका तीन नगरपालिकाको पर्यटन बिकासको लागि ४९ लाख रुपैयाँ निकासा भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत उक्त रकम बिनियोजन भएको हो ।
रत्ननगर नगरपालिका वडा न ०५ मा निर्माणधिन झुवानी पर्यटकिय पार्क लाई १७ लाख , वडा न ०९ मा निर्माणधिन पार्क लाई १७ लाख , र खैरहनी १३ हर्नरी सुचना केन्द्रलाई १५ लाख रुपैयाँ पर्यटन मन्त्रालय अन्तरगत बिनियोजित भएको हो । आगामी आर्थिक बर्षमा शर्शर्त पुजिगत शिर्षकमा नगरपालिका मार्फत उक्त रकमको बजेट कार्यान्वयन हुनेछ