चितवन। चितवनका विभिन्न अस्पतालमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जना कोरोना संक्रमितको निधन भएको हो । मतक पाँच जना मध्ये २ जना चितवन जिल्लाका हुन् भने ३ जना अन्य जिल्लाका हुन् ।
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनमा अहिले ३४० जना बिरामी अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये आईसीयूमा १५९ जना, भेन्टिलेटरमा ४० जना, एचडीयूमा ३४ जना र जेनरल बेडमा ४७ जना रहेका छन् ।