चितवन। चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। चितवनमा आज आइतबार सम्म ६४४ सक्रिय संक्रमितको संख्या पुगेको छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार बिहिबार ३२७, शुक्रबार ४७०, हिजो शनिबार ५९५ र आज आइतबार ६४४ सक्रिय संक्रमितको संख्या पुगेको हो।
यसअघि चितवनमा ५०० सक्रिय संक्रमित हुँदा लकडाउन भएको थियो।

