चितवन। पछिल्लो २४ घन्टामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या १३५ थियो। आज ५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। शुक्रबार १४६, हिजो शनिबार १३५ र आज आइतबार ५४ जनामा कोरोना संक्रमण देखिएको छ। यसरी हेर्दा दिनदिनै कोरोना संक्रमित दोब्बर वृद्धि भएको देखिन्छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ४२ जना, रत्ननगर नगरपालिकामा ७ जना, खैरहनी नगरपालिकामा १ जना, कालिका नगरपालिकामा ३ जना र राप्ती नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । आइतबार सक्रिय संक्रमितको संख्या ६४४ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ८७८ पुगेको छ । २६ हजार ७९७ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


