चितवन । चितवनका एमाले नेताहरुलाई धमाधम कोरोना संक्रमण देखिएको छ । एमाले जिल्ला महाधिवेशनमा भएको भीडभाडबाट एमाले नेताहरुलाई कोरोना देखिएको अनुमान गरिएको छ ।
नेताहरु सीता पौडेल,देवी ज्ञवाली, पार्वती रावल , विजय सुवेदी, तेजेन्द्र खड्का, दिव्या शर्मा आचार्यलगायतलाई कोरोना संक्रमण पुष्टि भएको एमाले चितवनले जनाएको छ ।
कोरोनाकै कारणले एमालेको जिल्ला अधिवेशन स्थगित भएको छ ।

