चितवन। चितवनसहित ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाँके र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ ।

