चितवन। चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। चितवनमा आज शनिबार सम्म ५९५ सक्रिय संक्रमितको संख्या पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार १६२, बुधबार २४०, बिहिबार ३२७, शुक्रबार ४७० र आज ५९५ सक्रिय संक्रमितको संख्या पुगेको हो।
यसअघि चितवनमा ५०० सक्रिय संक्रमित हुँदा लकडाउन भएको थियो।

