चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनले हराएका मोबाईल भेटिएका मोबाइल धनीका लागि घरघरमै लगिदिने व्यवस्था गरेको छ । कोरोना महामारी र जारी निशेधाज्ञाका कारण सर्वसाधारणलाई सहज होस भन्ने हेतुले यो अभियानको आजबाट शुरुवात गरिएको हो ।
कोरोना महामारीको बिषम परिस्थितिमा पनि प्रहरीले हराएको मोबाईल फेला पारी कार्यालयमा नै बोलाउदा निषेधाज्ञाको समयमा सर्वसाधारण नागरिकहरुलाई असहज र असुबिधा हुने हुँदा घरघरमै पुरयाइने गरेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । उनका अनुसार भेटिएका मोबाइल धनीहरुलाई फोन गरेर बुझाईदै आइएको हो । साथै घरघरमा मोबाइल बुझाउने क्रममा मास्क समेत वितरण गरिएको थापाले बताए ।