चितवन। पछिल्लो २४ घन्टामा १४६ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ९४ थियो। आज १० जना संक्रमित संक्रमणमुक्त भएका छन्। बुधबार ८१, हिजो बिहिबार ९४ र आज सुह्रबार १४६ जनामा कोरोना संक्रमण देखिएको छ। यसरी हेर्दा दिनदिनै कोरोना संक्रमित दोब्बर वृद्धि भएको देखिन्छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ११७ जना, रत्ननगर नगरपालिकामा १३ जना, खैरहनी नगरपालिकामा ७ जना, माडी नगरपालिकामा ३ जना, इच्च्छाकामना नगरपालिकामा ३ जना, कालिका नगरपालिकामा १ जना र राप्ती नगरपालिकामा २ जना संक्रमित थपिएका छन् । शुक्रबार सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ६८९ पुगेको छ । २६ हजार ७८२ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


