चितवन । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी चितवन र माडी नगर कमिटीले संयुक्त रूपमा माडी नगरपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड महामारीको विषम परिस्थतिलाई मध्यनजर गर्दै संघले बुधबार एक कार्यक्रमका बीच ३५ लिटर स्यानिटाईजर, ७०० वटा मास्क, ९२ थान फेस सिल्ड, ५०० वटा ग्लोब्स र २४२ वटा साबुन युवा संघ माडी नगर कमिटीका अध्यक्ष मुन्ना मियाँहस्ते नगर स्वास्थ्य संयोजक शिव सुवेदीलाई हस्तान्तरण गरेको हो ।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष शुशिल के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा राष्ट्रिय युवा संघका केन्द्रिय कमिटी सचिव तथा चितवन जिल्ला इन्चार्ज प्रताप डल्लाकोटी, नेकपा एमाले माडी नगर कमिटी सदस्य श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण युवा संघ केन्द्रीय कमिटी सदस्य शंकर अधिकारीले गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालद्वारा माडी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
राष्ट्रिय युवा संघ नेपालद्वारा माडी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु