चितवन । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले वडा नं ७ मालपुरमा रहेको मुसहर बस्तीका ४५ घरघुरीलाई बुधबार खाद्यान्न वितरण गरेको छ । प्रतिपरिवार १५ किलोचामल, २ किलो दाल, नुन एक प्याकेट, एक प्याकेट तेल र माक्स वितरण गरिएको हो ।
इम्प्याक्टका अध्यक्ष ध्रुब गिरी र वडा सदस्य भगन्ती माझीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मुसहर समुदायमा भोकमरी लाग्ने सम्भावना देखिएपछि १५ दिनका लागि खाद्यान्न सहयोग गरिएको अध्यक्ष गिरीले बताए ।
वडा सदस्य माझीले निषेधाज्ञाका कारण गाउँघरमा काम पाउन छाडेपछि मुसहरको चुलोमा आगो नबल्नै अबस्था आइसकेको बताइन । तीन दिन अघि इम्प्याक्टले वडा नं ८ का अति विपन्न ९५ घरपरिवारलाई प्रतिपरिवार ३० किलो चामल, दान, नुन, तेल, माक्स र साबुन वितरण गरेको सपना भिलेजका म्यानेजर नारायण पुरीले जानकारी दिए ।