नवलपरासी । प्रहरीले ४ लाख बढीको अवैध मालसामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याई वेवारिसे अवस्थामा राखेको घांसको बिउ, हुक्का फेलेवर, थान कपडा, महिलाका बिभिन्न कस्मेटिक सामान लगायतका बिभिन्न अवैध मालसामान बिशेष सुचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।
सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी भुजहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको सरावल गाउँपालिका वडा नं ७ भटौलिया स्थितबाट बरामद भएको प्रहरीको भनाइ छ । बरामद सामानको अन्दाजी मुल्य ४ लाख २७ हजार ३ सय ६५ मुल्य बराबर रहेको छ । उक्त मालसामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ ।

