चितवन । एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले आज नारायणगढमा जुलुस प्रदर्शन गरेको छ । संघर्ष समितिका अध्यक्ष फडिन्द्र आचार्यका अनुसार एमसिसी सम्झौता खारेजीको माग जुलस प्रदर्शन गरिएको हो ।
नारायणघाटको लायन्सचोकदेखि पुलचोकसम्म प्रदर्शन भएको थियो । पुल्चोकमा कोणसभा भएको थियो । कोणसभाका वक्ताहरुले भारतीय हस्तक्षेपविरुद्ध मन्तव्य दिएका थिए । भारतीय सरकारले लिम्पियाधुरासम्मको भूभागलाई काली (महाकाली) नदीको नाम नै परिवर्तन गरी पुनः नक्सा जारी गर्नुको साथै लिपुलेक सडक विस्तार गर्ने कुटिल उद्घोषको विरुद्धमा प्रदर्शन भएको थियो ।
सरकार र प्रतिपक्षी पार्टीहरुले समेत भारतीय हस्तक्षेप विरुद्ध चु सम्म नबोलेको आरोप छ । वर्तमान परिप्रेक्षमा सरकारलाई खबरदारी र वैदेशिक हस्तक्षेप विरुद्ध प्रदर्शन गरिएको संयोजक आचार्यले बताए । जुलुस प्रदर्शनमा भारतीय प्रमको पुत्ला दहनसमेत भएको थियो ।


