चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सातै स्थानीय तहहरुलाई निःशुल्क एन्टिजेन टेष्टहरु चलाउन निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाहरुलाई निःशुल्क रुपमा एन्टिजेन टेष्टहरु चलाउन निर्देशन दिइएको छ ।
पालिकाका स्वास्थ्य शाखाहरुले खोप अभियानलाई तीव्रता दिइरहेका छन् । निःशुल्क एन्टिजेन टेष्टहरु चलाउन पालिकाहरु लागेका छन् । चितवनका सातै पालिकाहरुले निःशुल्क रुपमा एन्टिजेट परीक्षणहरु चलाइरहेको बताएका छन् । चितवनमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पछिल्लो समय यो संख्या सबैभन्दा धेरै हो ।

