चितवन । भरतपुर महानगर २ बसपार्कस्थित सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधि बिक्री वितरण गरिरहेको अवस्थामा सोमबार प्रहरीले मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ९ बस्ने वर्ष २९ को मेडिकल सञ्चालक अभिषेक थापा र प्रतिबन्धित औषधि खरिद गर्ने तनहुँ देवघाट गाउँपालिका ९ घर भई भरतपुर महानगरपालिका २ बस्ने वर्ष १८ को आशिष तिवारी रहेका छन् ।
प्रहरीले एनार्गन १०१० ट्याब्लेट, ट्रामा ६८० ट्याब्लेट र ट्रफिन ८१ ट्याब्लेट गरी जम्मा १७७१ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरेको छ ।