चितवन । चितवनमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित हुनेहरुमा सबैभन्दा धेरै भरतपुर महानगरका छन् । भरतपुर महानगरपालिकाभित्र ११८ जना थप भएका छन् ।
यसैगरी, कालिका नगरपालिकामा २१ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा ९ जना, खैरहनी नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनमा हालसम्म सक्रिय संक्रमितको संख्या ४८४५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मंगलबारसम्म चितवनमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२१ पुगेको छ ।