काठमाडौँ। कोरोना संक्रमण पछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराई रहेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्थालाई लिएर गलत समाचार आउन थालेपछि भ्रमको पछाडी नलाग्न डाक्टरले आग्रह गरेको छ ।
स्वास्थ्यमा गम्भीर समस्या आएपछि थापाको इक्मो प्रविधिबाट उपाचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले बताए। दवाडीले थापाकाे स्वास्थ्यकाे बारेमा आएका विभिन्न गलत समाचारको पछि नलाग्न पनि आग्रह गरेका छन्।
यस अघि थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्थामा भने सुधार आउन सकेको छैन। थापालाई कोरोना संक्रमणपछि सुरुमा ह्याम्स अस्पताल र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार भएको थियो। अवस्था थप गम्भीर बन्दै गएपछि मेडिसिटीमा इक्मो प्रबिधिबाट उपचार गरिदै आएको छ।