चितवन । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि चितवनका तिन पालिकाहरुमा सुकुम्बासीको लगत संकलन गर्ने भएको छ ।
आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी चितवनका तिन पालिका भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकामा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।
जिल्लाका यी तिन स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।
आफूले लामो समयदेखि आबाद कमोत गरी घर, टहरा बनाई बसोबास गरेका व्यक्तिले जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ ।
आयोगले सार्वजनिक गरेको सूचनामा यसअघि यी तिन पालिकाहरुबाट निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नापचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ।


