काठमाडौं। आठ वर्षीया बालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
राजुले ती बालिकालाई आफ्नै घरमा ललाइ-फकाइ यौन दुराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।