चितवन ।चितवन प्रहरीले आइतबार खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेको प्रहरी टोलीले शंका लागी ना १४ प ३३२३ र ग १ प २७८५ नं को मोटरसाइकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध निट्राजेपाम १७५ ट्याब्लेट तथा मोटरसाइकल चोरहरुले प्रयोग गर्ने एलएङ्कीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर हेटौँडा नगरपालिका ११ बस्ने वर्ष २३ को बिजयप्रसाद चौलागाईं, सोही ठाउँ बस्ने वर्ष २४ को सन्तोष बिडारी, वर्ष ३६ को अर्जुन मोक्तान र जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने वर्ष ३६ को सूर्यमान वाइवा रहेको प्रहरी प्रवक्ता प्रनाउ सूर्यबहादुर थापाले जानकारी दिए ।