चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलनको अभियान निरन्तर चलिरहेको छ । चितवनमा हालसम्म झन्डै २२ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता बन्नको लागि लामो लाइन दिनहुँ निर्वाचन कार्यालय भरतपुरमा देखिन्छ । गत मंसिर १७ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम भइरहेको छ ।









