चितवन। चितवनको कालिका नगरपालिकामा आज बाईसियल नेपाल चितवन र अखिल (क्रान्तिकारी))को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २ जना महिलासहित १ सय १६ जनाले रक्तदान गरेका थिए।
वाइसिएल नेपाल जिल्ला संयोजक मधु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा चितवन जिल्ला अध्यक्ष यम बहादुर परियार प्रमुख अतिथि रहेका थिए । सो अवसरमा वाइसियल नेपाल केन्द्रिय सचिव दिवस पाण्डे , वाइसिएल कालिका नगर संयोजक इश्वर भट्टराइ र अखिल (क्रान्तिकारी) कालिका नगर अध्यक्ष सुवास रेग्मीले संयुक्त रुपमा रक्तदान गर्ने व्लड व्याग लिदै रक्तदान शुभारम्भ भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य रामध्वज डल्लाकोटी , कालिका नगर कमिटी अध्यक्ष सविता लामा, भरतपुर महानगर अध्यक्ष इश्वर सापकोटा (सुमन) जिल्ला सचिवालय सदस्य गोपाल न्यौपाने , जिल्ला सदस्य रविन्द्र करण , वाईसियल केन्द्रिय सदस्य साजन अधिकारी , अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज अशोक देवकोटा, अखिल (क्रान्तिकारी) जिल्ला कार्यालय सचिव सुशन चितवने, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष अविनाश रम्तेल, कालिका नगर कार्यालय सदस्य बुद्धि पाण्डे, कालिका बाईसियल फ्रयाक्सन इन्चार्ज राजेन्द्र ढुङगना , बाईसियल कालिका इन्चार्ज नवराज घलान , कालिका ३ वडा अध्यक्ष सन्चलाल वाइवा, कालिका ६ वडा अध्यक्ष हेम अमगाँइ लगायतको विशेष सहभागी थियो ।