मकवानपुर। हेटौँडा काठमाडौँ कान्तिलोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौँडातर्फ आउँदै गरेको ना४त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी करिब २५० मिटर तल खसेकोे र ट्र्याक्टरमा सवार दुवैजना गम्भीर घाइते भई हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो।

