चितवन । नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा विनोद पन्त चयन भएका छन । भरतपुरमा आइतवार सम्पन्न फर्मासिष्टहरूको भेलाले पन्तको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा पार्वती वगाले र हरि प्रसाद पौडेल, महासचिवमा ओमकार सापकोटा, सचिवमा प्रभात पौडेल र विनय सापकोटा चयन भएका छन । यस्तै कोषाध्यक्षमा विजय पौडेल, सहकोषाध्यक्षमा अजय घिमिरे चयन भएका छन । समितिको सदस्यहरूमा सुशील सिग्देल, विशाल खड्का, विनोद लामिछाने, श्रवण ढकाल, प्रदीप पाठक, रोशन बस्नेत, विकास मिश्र र धर्मनाथ यादव चयन भएका छन ।
संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको लागि बनेको फर्मासिष्ट र सहायक फर्मासिष्टहरूको गैर राजनीतिक साझा संगठन हो ।
नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा विनोद पन्त चयन
नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा विनोद पन्त चयन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु