नवलपुर। देवचुलीको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुनः निर्वाचित भएका छन् ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भुसालले नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरेका हुन्।
भुसालले कुल ५ सय ५९ मतान्तरले पौडेललाई पराजित गरेका हुन्। भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४४५ मत प्राप्त गरे। यसैगरि सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणि भुसालले नतिजा आफ्नो पक्षमा पारे । उनले कुल १ हजार ६९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले हराए । सचिवका उम्मेदवार दवाडीले १ हजार ६७८ मत ल्याए । लेखा संयोजकमा रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ विजयी भइन् ।

