काठमाडाै। महामारीको समयमा पनि औषधि कालोबजारी गरेकाे अभियाेगमा मोरङकाे विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोरका संचालकलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले कालोबजारी अभियाेगमा सोही स्थान बस्ने ३५ वर्षीय रविकुमार रजकलाई पक्राउ गरेको हाे।
आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकलाई पक्राउ गरेकाे हाे।