चितवन। लियो क्लव अफ भरतपुर युथले ठेला मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर र नारायणगढ आसपासका ठेला व्यावसायिहरु कहाँ पुगेर क्लवले खाद्यान्न सहयोग गरेको हो ।
क्लवका अध्यक्ष दिपेश ज्ञवालीले निषेधाज्ञाका बेला ठेला मजदुरलाई खाद्यान्न अभाव भएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको बताए । लियोले चामल, नुन, तेल ठेला मजदुरहरुलाई वितरण गरेको हो । । सामाजिक कार्यमा सक्रिय रहेको क्लवले समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।