चितवन । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले महिनावारीकै कारण छुन नहुने चलनको अन्त्य गर्नु पर्ने बताउनु भएको छ।
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमा खैरहनी नगरपालिका स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा महिनावारी सामान्य प्रक्रिया भएको र महिनावारीका बेला पुरुषले छुन नहुने धारणा अझै कायमै रहेकाले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उपप्रमुख थपलियाले बताउनु भएको हो ।
महिनावारी सामान्य प्रक्रिया भएको भएता पनि समाजमा अझै पनि छुवाछूत कायमै भएको र मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी हुन नहुने, भान्सामा छुन नहुने चलनको अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो । ।
नगरपालिकाकी नर्सिङ अधिकृत पूजा गिरीले महिनावारीमा रगत धेरै बग्दा महिलाको स्वास्थ्य कमजोर बन्ने भएकाले महिनावारीका बेला सरसफाइमा र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।