चितवन। चितवन खैरहनीमा स्थानिय युवाको सक्रियतामा अतिविपन्न ,अशक्त, अपाङ्गहरुलाई खाध्य सामाग्री सहयोग गरिएको छ।
यसै विच यस समयमा विभिन्न सामाजिक संघसंस्थाहरुले यो महामारीको समयमा विभिन्न प्रकारका सहयोग गर्दै आएका छन । यसै विच चितवनको खैरहनी नगरपालिका वडा नम्वर १३ का स्थानिय यूवाहरु विजय वोहरा ,अशोक उदास ,विकास दुवाडी ,रञ्जन भण्डारी, देवराज नेपाल ,नारायण अर्याल, राहुल शर्मा ,किसन ढकाल ,वुद्धिलाल श्रेष्ठ ,गौतम अधिकारी ,नशिव दाहाल लगायतको सक्रियतामा हर्नरी वैरिया र गवैका स्थानिय अतिविपन्न ,अशक्त, अपाङ्गहरुलाई खाध्य सामाग्री सहयोग गरेका छन् ।
बिपदको समयमा स्थानिय १० जना युवाहरुको सक्रियतामा संकलित रकमवाट स्थानिय १ सय घरधुरीलाई प्रति परिवार १ बोरा चामल ,दाल,नुन तेल र सावुन वितरण गरेका हुन्।