चितवन । चितवनकी नेतृ उमा रेग्मी नेपाली कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएकी छन् । महिला बालबालिका एवम् ज्येष्ठ नागरिक मन्त्री रेग्मीसहित १० जनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरिएको छ ।

