चितवन । चितवनमा विषालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी भएका छन् । जङ्गली च्याउ खाएर पूर्वी चितवनको राप्ती नगरपालिका ४ मा बस्ने कृष्ण बहादुर घिमिरेका छोरा भुवन घिमिरे, बुहारी र श्रीमती बिरामी भएका हुन् । जङ्गली च्याउ खाएर अशक्त भएका चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
च्याउ खाएको केही समयमा नै घिमिरेका सबै परिवारलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने भएपछि उनीहरुलाई अस्पताल ल्याइएको हो । समयमा नै अस्पताल आएकोले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।