रोल्पा । नेपाली कांग्रेस रोल्पाका एक नेताको घरमा आगजनी भएको छ । आगजनीबाट पार्किङमा राखिएको मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ ।
कांग्रेस रोल्पाका जिल्ला सहसचिव सुनिलकुमार वलीको घरमा आइतबार अज्ञात समूहले आजगनी गरेको छ । आगजनीबाट रा ५ प ९५२१ नम्बरको मोटरसाइकल नष्ट भएको छ ।
घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाहीमा ल्याउन रोल्पा कांग्रेसले माग गरेका छन्।सभापति किशोरकुमार आचार्यले विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् ।


