चितवन । चितवन प्रहरीले अवैध सालको ९ दशमलव ३९ क्युफित काठ सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ३ का जयराम चेपाङ्ग रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझको समयमा गस्तिमा खटिएको प्रहरी टोलिले जिल्ला चितवन कालिका नगरपालिका वडा नम्बर स्थित दुईसय बिगाहा भन्ने स्थानबाट उनलाई पक्राउ गरेको थियो ।
अबैध रुपमा सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा काठ चोरीमा प्रयोग गरिएका ५ थान साईकल र ९.३९ क्युफिट सालको काठ सहित जिल्ला चितवन कालिका न.पा. ३ बस्ने वर्ष ३३ को जयराम चेपाङलाई नियन्त्रणमा लिईएको कार्यालयका प्रवक्ता सूर्यथापाले जानकारी दिए । उनलाई आबस्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला बन कार्यलय चितवनमा पठाईएको छ । उक्त कार्यमा संलग्न अन्य व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।