चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चनौलीका प्रमुख र अमिनविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
मालपोत चनौलीका प्रमुख मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन वीरेन्द्रबहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो। अख्तियारले पौडेल र कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।
मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग घुस मागेको अभियोग अख्तियारले लगाएको छ । कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अभियोगमा छ।

