चितवन । नेपाली कांग्रेसको चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनलाई १८१ मत पुगेन । उनी नवौँ नम्बरको सुचीमा परे।
आठ जना छनौट हुनेमा उनी नवौँ नम्बरमा परेका हुन् । जीतनारायण श्रेष्ठले १५९७ मत ल्याए । आठौँ नम्बरमा परका चितवनकै टेकप्रसाद गुरुङले १७७८ मत ल्याएर निर्वाचित भए ।

